दैलेख : महाबु गाउँपालिकाका उपाध्यक्ष मञ्जु पाण्डेले पाँच वर्षको अवधिमा जनताले प्रत्यक्ष लाभ लिने गरी जनमुखी काम गर्ने बताएकी छन् । धमाका दैनिकसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले अघिल्लो सरकारले सञ्चालन गरेका राम्रा कामहरूलाई निरन्तरता दिँदै जनमुखी काम गर्ने बताएकी हुन् ।
उनले भौगोलिक विकटताले पछि परेको महाबु गाउँपालिकाका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात, कृषि र खानेपानीलाई विशेष जोड दिँदै काम गर्ने बताइन् । ‘गाउँमा खानेपानीको अभाव छ, पालिका मुकामका नागरिक अहिले पनि पानीका लागि पीडामा छन्, हाम्रो पहिलो प्राथमिकता जनतालाई प्रत्यक्ष लाभ हुने काम गर्नु हो’, पाण्डेले भनिन् ।
उपाध्यक्ष पाण्डेले स्थानीय तहमा हुने÷गरिने विकासे कामहरू कस्ता व्यक्तिलाई दिइएको छ, त्यसले गुणस्तरमा प्रभाव पार्ने देखिएको बताइन् । आफू निर्वाचित भएर आएपछि यहाँ हुने विकासे कामहरू कस्ता भएका छन्, कसरी गरिँदै छ, लगायतका कुरामा ध्यान दिएर अनुगमनको पाटोलाई प्रभावकारी ढङ्गले अगाडि बढाएको उनले बताइन् ।
‘विकासे काममा प्राविधिक सहित वेला–वेला स्थलगत अनुगमन गर्ने गरेका छौँ, विकासे कामलाई चुस्त÷दुरुस्त राख्नका लागि प्रभावकारी रूपमा हेर्दै आएका छौँ, स्थानीय तहमा हुने विकासे कामहरूको अनुगमन पाटो उपाध्यक्षको भएकाले जिम्मेवारी अनुसार काम गर्दै आएको छु’, उनले भनिन् ।
स्थानीय तहको न्यायिक समितिमा नागरिकका विभिन्न समस्याहरू आउने गरेको उपाध्यक्ष पाण्डेले बताइन् । स्थानीय सरकार न्यायिक समितिको क्षेत्र अधिकार भित्र पर्ने समस्याहरूलाई सहजीकरण गर्दै सहज तरिकाले टुङ्गोमा पु¥याउदै आएको पाण्डेले बताइन् ।
‘न्यायिक समितिमा जघन्य अपराधदेखि सामान्य झै–झगडा पनि आउँछन्, स्थानीय सरकार न्यायिक समितिको क्षेत्र अधिकार भित्र पर्ने मुद्दा समस्याहरूमा सहजीकरण गर्ने गरेका छौँ, आगामी दिनमा वडा स्तरमा समिति÷क्लब गठन गरेर न्यायिक क्षेत्रमा काम गर्ने योजनामा छांै’, पाण्डेले भनिन् ।
महाबुका नागरिक व्यवसायीहरुमा पशुपालनमा लागेकाले उनीहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले नीति बनाएर अगाडि बढ्ने उपाध्यक्ष पाण्डेको भनाई छ । महाबुमा गहुँ, मकै लगायतका खेतीहरूको पर्याप्त मात्रामा उत्पादन हुन्छ, किसानहरू पशुपालनमा व्यवसायी भएर लागेका छन्, स्थानीय सरकारले बाहिरी मुलुक कामको खोजीमा जाने युवाहरूलाई यहीँ रोजगारी सिर्जना गर्न विभिन्न जोन निर्माण गरेर कृषि, पशु, लगायतका क्षेत्रमा काम गर्नकालागि नीति तथा कार्यक्रममा समेटेर लगेको पाण्डेले बताइन् ।
उनले यहाँका नागरिकले विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्दै आउन पर्ने बताइन् । ‘स्थानीय सरकार नागरिकालागि हुन्, जनताले स्थानीय तहमा हुने÷गरिने कामहरूलाई सहज तरिकाले विन्दुमा पु¥याउन लाग्नु पर्छ, जनताले स्थानीय सरकार समक्ष समस्याहरू दर्साएको खण्डमा काम गर्न सहज हुन्छ, पीडित जनताको माग सुन्ने स्थानीय सरकारले अवसर पाउँछ’, पाण्डेले भनिन् ।
ग्रामीण भेगका महिलालाई चेतना वृद्धिका लागि स्थानीय सरकारले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकाले कोख देखि शोकसम्म कार्यक्रम सञ्चालन गर्ने बताइन । ‘अहिले पनि ग्रामिण स्थानका महिला न्याय कसरी पाइन्छ, न्यायका लागि कहाँ जानु पर्छ भन्नेसम्म बुझेका छैनन्, त्यसैले स्थानीय सरकारको पहिलो उद्देश्य भनेको नागरिकमा जनचेतना जगाउनु हो’, उनले भनिन् ।










